प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई शेरबहादुर देउवाले कुनै दबाब दिएको कारण पदबाट राजीनामा नदिएको बताए। मंगलबार बसेको व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै प्रधानमन्त्री दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कडा रूपमा जवाफ दिँदै इमानको मुखले भनेर भन्दा व्यवहारमा स्थापित गर्न चुनौतीसमेत दिएका छन्।
दोस्रो चरणको निर्वाचन गरेर छाड्छु भनेको भए कांग्रेसले छोड् भन्न नसक्ने अवस्था भएको भन्दै दाहालले आफू कसैको दबावमा नभई समझदारी अनुसार राजीनामा दिएको बताए।
एमाले र माओवादीबीच भएको सत्ता हस्तान्तरणको समझदारी पालना नभएको स्मरण गर्दै उनले इमानको मुखले भनेर भन्दा व्यवहारमा स्थापित गर्नुपर्ने बताए।
‘निर्वाचनको सुनिश्चितता गर्न पनि आफैंले देउवासँग पहिलो चरणको चुनाव गरेर दोस्रो चरणको निर्वाचनको वातावरण बनाउन सकिन्छ भनेको हुँ,’ उनले भने,‘ विगतमा एमालेसँग भएको सहमितको पालना नभएपछि आफूले कांग्रेससँग सहमति गरी प्रधानमन्त्री बनेर अहिले समझदारीको पालनाको सुरुवात गरेको हुँ।’
उनले प्रतिपक्षी दलका नेता ओलीले आफू मात्रै इमान्दार भएको भनार्इप्रति प्रतिवाद गर्दै इमान्दारीताको कसी बोलीमा होइन व्यवहारमा देखिने बताए।
एमालेले संविधान र लोकतन्त्रको धेरै कुरा गरे पनि झ्यालमेल गरी निर्वाचन आयोगको कुरा सदनमा ल्याएर के पायो भनि प्रश्न गरे।
प्रधानन्यायाधीशको विषय फिर्ता गर्न हामी तयार हुँदा किन सदन अवरोध गरी ढिला गरेको भनि प्रधानमन्त्रीले एमालेसँग प्रश्न गरे।
भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विषय गलत भएको बताए। आफूले यसबारे आयोगसँग कुरा गरिरहेको बताए।
दोस्रो संविधानसभामा अपेक्षा भन्दा फरक परिणाम आएपछि नेता बाबुराम भट्टराईले आवेगमा आएर मतपत्र च्यात्न र जलाउन भनि निर्देशनपछि आफूले बरू मतगणना छाडौं मतपत्र जलाउन हुँदैन भनि हस्तक्षेप गरेको खुलासा गरे।
भरतपुरको विषयमा प्रतिवाद गर्दै लोकतान्त्रिकरणको कति प्रमाण चाहियो? शान्ति प्रक्रियादेखि सेना समायोजनसम्मको विषयमा आफूले ठूलो भूमिका खेलेको सम्रण गराए।
उनले एमाले लोकतान्त्रिकरण भएर यो अवस्थामा आइपुग्नु अघि के के गरेको थियो सबैसामू स्पष्ट भएको बताए।
एमाले अध्यक्ष ओलीले जे जति भन्नु थियो भने हुन्छ म सुन्न तयार छु भन्दै आफूले भरतपुरको विषयमा कुनै हस्तक्षेप नगरेको दाबी गरे।
निर्वाचन आयोगले गरेको कुरामा चित्त नबुझे अदालतमा जाने छुट सबैलार्इ भएको तर एमालेले एउटा घटनालार्इ राजनीतिक लाभका लागि उचालेको बताए।
निर्वाचन हुनु आजको लागि ठूलो कुरा भएको भन्दै दाहालले आफ्नो पार्टी विभाजित भएको अवस्थामा हार्नु ठूलो विषय नभएर लोकतन्त्रले हार्न हुँदैन भन्ने कुरामा आफू स्पष्ट भएको बताए।
प्रतिपक्षी दलका नेतासँग यतिधेरै दम्भ उचित हुँदैन भनी उनले भने यसले कसैलार्इ फाइदा नहुने बताए।
अहिले देशभरीका २८३ स्थानमध्ये २८२ एकातिर भरतपुर अर्कातिर भयो। अहिले भरतपुरमा अदालत, आयोग, सदनको ध्यान गएको कारण यसमा सबैभन्दा निष्पक्ष हुने दाबी गरे।
स्थानीय तहको निर्वाचन सार्नु अघि प्रतिपक्षी दलको पनि सहमति लिने सोचले नै मन्त्रिपरिषद बैठक रोकेर आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनैको निवासमा भेटेर परामर्श गरेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताए।
https://www.youtube.com/watch?v=w3nvvvkrCxk