आगामी नयाँ प्रधानमन्त्रीका लागि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी कार्यकालका लागि प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रस्ताव गरेका छन्। दाहालले आफूले पटक पटक प्रधानमन्त्री प्रस्ताव गरेको भन्दै अब पनि नेकपा एमाले र नेपाली कांग्रेसका नेतालाई प्रस्ताव गरेर प्रधानमन्त्री बनाउने बचन दिएका छन्।
‘मैले झलनाथ खनाल र केपी ओलीलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेँ। कांग्रेसलाई प्रस्ताव गरेको यो पहिलो अवसर हो,’ उनले भने, ‘नेपाली कांग्रेसले सबैलाई मिलाएर लग्यो भने सहमतिको वातावरण बन्छ। ठूलो पार्टीको नेतृत्वमा सबै समेटिनु पर्छ। नेपाली कांग्रेसले मलाई गुन लगायो मैले पनि गुन तिरेको छु।’
‘ठूलो पार्टीको नेता प्रधानमन्त्री बन्दै हुनुहुन्छ। पहिला ज्ञानेन्द्रले कहिले फाल्ने कहिले ल्याउने जस्तो प्रधानमन्त्री बन्नुभएको होइन ।उहाँ भिन्दै परिवेशमा बन्नुभएको हो। उहाँ राजा महारजाबाट आत्तिनुभएको छ त्यसैले उहाँले यो व्यवस्थापनलाई सफल पार्न प्रयास गर्नुहुनेछ,’ दाहालले भने।
प्रधानमन्त्री पुष्पकमल दाहालले जान लागेको प्रधानमन्त्रीले आउने प्रधानमन्त्रीको प्रस्तावक बनेर सायद विश्व राजनीतिकै इतिहासमा नयाँ रेकर्ड हुन सक्ने बताए। उनले नेपालको राजनीतिमा संयोगवस भएको घटना नभइ देशमा राजनीतिक एकता, स्थीरता र आर्थिक समृद्धि र समाजवादको आधार निर्माण गर्न संविधानमा उल्लेखित विषयमा प्रतिबद्ध भएर सकारात्मक र रचनात्मक ढंगले अगाडि बढ्नु पर्ने बताए।
यसले नेपाललाई छिटै समृद्ध राष्ट्र बनाउन सकिने बताए। देउवाको कार्यकाल नेपालको राष्ट्रिय एकता सुदृढ गर्न सफल हुने विश्वास व्यक्त गरे।
हेर्नुहोस् भिडियोमाhttps://www.youtube.com/watch?v=o_mKhUTyPEk&feature=youtu.be