२४ नेकपा (माओवादी केन्द्र) कनकाई नगर कमिटीले आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुख तथा उपप्रमुखसहित सबै वडाका लागि उम्मेदवारी घोषणा गरेको छ ।
पार्टीका केन्द्रीय सचिवालय सदस्य सावित्रीकुमार काफ्ले ‘समर’को प्रमुख आतिथ्यमा पार्टीका जिल्ला संयोजक मणिकुमार साम्पाङ ‘विजय’ले मंगलबार नगरपालिकाका प्रमुख तथा उपप्रमुख र नौवटै वडाका उम्मेदवारको नाम घोषणा गरे।
नगरपालिकाको प्रमुख पदमा गोपाल चुडाल तथा उपप्रमुखमा शान्ता अधिकारीको नाम सार्वजनिक गरिएको छ ।
डाध्यक्षमा वडा नं १ मा हरिबहादुर राउत, २ नंमा गम्भीरबहादुर राई (कुमार), ३ नंमा भक्ति पाठक, ४ नंमा गोविन्द चापागार्इं, ५ नंमा प्रेम ओली, ६ नंमा दीर्घबहादुर थापा, ७ नंमा चन्द्रमान कन्दङ्वा, ८ नंमा तुलसीराम कालीकोटे र ९ नं वडाध्यक्षमा अजित कायस्थको नाम सार्वजनिक गरिएको छ । रासस