नेकपा माओवादी केन्द्रबाट सरकारको नेतृत्व नेता कृष्णबहादुर महराले गर्ने भएका छन्। माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेता महरालाई उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री र जनार्दन शर्मालाई गृहमन्त्री बनाउने निर्णय गरेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले पार्टीको तर्फबाट नेता महराको नेतृत्वमा नयाँ सरकारमा जाने निर्णय गरेको हो। महरा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधानसहित अर्थमन्त्री थिए भने शर्मालाई ऊर्जा मन्त्री जिम्मेवारी दिइएको थियो।
माओवादी केन्द्रले नेता प्रभु साहलाई विना विभागीय मन्त्री बनाउने निर्णय पनि गरेको छ ।
नयाँ सरकारमा माओवादी केन्द्रले ८ वटा मन्त्रालय पाउनेछ । बिहिबार बस्ने बैठकले अन्य मन्त्रीहरुको पनि टुंगो लगाउने माओवादी केन्द्रले जनाएको छ।