नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति चन्द्र प्रसाद ढकालले बेल्जियममा आयोजित तेस्रो विश्व पुननिर्माण सम्मेलनलाई ब्रसेल्समा सम्बोधन गरेका छन्। जेठ २३ देखि बेल्जियमको ब्रसेल्समा आयोजित उक्त सम्मेलन भोली विहीवारसम्म चल्ने छ ।
सम्मेलन यूरोपियन यूनियनको मुख्य आयोजना र यूरोपियन कमिसन, विश्व बैंकको ग्लोवल फ्यासलिटी फर डिजास्टर रिडक्शन एण्ड रिकभरी–जीएफडीआरआर र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम० लगायतका विश्व संस्थाहरुको सहआयोजनामा भएको हो ।
महासंघका उपाध्यक्ष ढकालले सम्मेलनमा नेपालमा विनासकारी भुकम्प पश्चातको कार्यसम्पादन विषयक शत्रलाई जेठ २३ मा सम्बोधन गर्दै नेपाली निजी क्षेत्रको धारणा राखेका थिए। विशेषरुपमा नेपालकै लागि राखिएको उक्त सत्रमा राष्ट्रिय पुनरनिर्माण प्राधिकरणका प्रमुख कार्यकारि सीइओ डा. गोविन्दराज पोखरेलले भुकम्पपछिको पुनरनिर्माणका विषयमा विशेष प्रस्तुती गरेका थिए।
उक्त शत्रमा आफ्नो धारणा राख्ने क्रममा उपाध्यक्ष ढकालले दुई वर्ष अघिको विनासकारी भुकम्पबाट १४ जिल्लाहरु नराम्ररी प्रभावित भएका र त्यसबाट निकै ठूलोजनधनको क्षतिपुग्न गएको र अर्वौको आर्थिक नोक्सानी पुग्न गएको स्मरण गराउ“दै भूकम्प पश्चात तत्काल विपत्तिमा परेका जनताहरुलाई नेपाली निजी क्षेत्रले अग्रस्थानमा रहेर सेवा पु¥याएको बताए। निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघले मुलुकभर रहेको आफ्नो संजाल मार्फत राहत संकलन गरि प्रभावित जिल्लाहरुमा रहेका आफ्ना सदस्यहरुको सहयोगमा पिडीत जनतालाई राहत पु¥याउने काम गरेको समेत विश्व समुदायलाई जानकारी गराए।