प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिजले भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री देउवाले अमेरिकाले नेपाललाई विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा सहयोगको निरन्तरता र थप वृद्धि हुँदै जाने विश्वास व्यक्त गरे।
सो अवसरमा राजदूत टेप्लिजले नवनिर्वाचित प्रधानमन्त्री देउवालाई बधाई दिँदै उनको कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गरेकी प्रधानमन्त्री देउवाका सहयोगी भानु देउवाले जानकारी दिए।
भेटमा राजदूत टेप्लिजले प्रधानमन्त्री देउवाको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेकी थिइन्। रासस