इरानीयन संसद्मा गत बुधबार भएको आतङ्ककारी आक्रमणको उत्तर कोरियाले निन्दा गरेको छ। उत्तर कोरियाको सरकारी समाचार समितिले शुक्रबार सो जानकारी दिएको छ।
इरानको संसद् भवन र सर्बोच्च नेता आयातुल्लाह खामेनीको समाधीस्थलमा बुधबार भएको आतङ्ककारी आक्रमणमा परी कम्ती १७ व्यक्तिको मृत्यु भएको थियो।
उत्तर कोरियाका राष्ट्रपति किम योङ नामले इरानका राष्ट्रपति हुसेन रोहानीलाई एक समवेदना सन्देश पनि पठाएको समाचारमा जनाइएको छ।
किमले पठाएको सो सन्देशमा उक्त आक्रमणमा मारिएका व्यक्तिका परिवारजनलाई पनि गहिरो समवेदना प्रकट गरेका छन्।
इरानको संसद् भवन र सर्बोच्च नेता आयातुल्लाह खामेनीको समाधीस्थलमा भएको यस आक्रमणको इस्लामिक स्टेट्स आतङ्ककारी समूहले जिम्मा लिएको थियो।
यस आक्रमणममा परी कम्तीमा १७ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य ५२ जना घाइते भएका थिए। संसदमा भएको सो आक्रमणको विश्वव्यापीरुपमा निन्दा गरिएको छ। रासस/सिन्ह्वा