उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा र भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच शुक्रबार टेलिफोन वार्ता भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार विदेश मन्त्री स्वराजले महरालाई फोन गरेर बधाई दिएकी छन्। उनले महराको कार्यकालमा दुई देशको पारस्परिक सम्बन्ध झन् सुदृढ हुने विश्वास पनि व्यक्ति गरेकी थिइन्।
जवाफ मन्त्री महराले शुभकामनाका लागि स्वराजलाई धन्यवाद दिए।