वीरगञ्जको नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरूद्धिन अन्सारी मेयरको टिकट पाउने भएपछि एमाले प्रवेश गरेका छन्।
केही अघिसम्म माओवादी केन्द्रमा सक्रिय अन्सारी माओवादी छोडेर एमाले प्रवेश गरेका हुन्। उनी दोस्रो संविधान सभा निर्वाचनमा प्रत्यक्ष तर्फबाट माओवादीका उम्मेद्वार बनेका थिए।
आज वीरगञ्जमा आयोजित समारोहमा एमाले प्रदेश नम्बर दुईका इन्चार्ज सत्यनारायण मण्डलको उपस्थितिमा उनी एमाले प्रवेश गरेका हुन्। वीरगञ्ज महानगरपालिकामा एमालेले मेयरको बलियो उम्मेद्वार भेट्टाएको थिएन।
अन्सारी पनि मेयरको उम्मेद्वार बन्न लालयीत थिए। एमालेले मेयरको टिकट दिनेभएपछि उनी एमाले प्रवेश गरेका हुन्। एमाले प्रचारविभाग सचिव विष्णु रिजालले बसरूद्धिन वीरगञ्ज महानगरपालिकामा एमालेका तर्फबाट मेयरको सम्भावित उम्मेद्वार रहेको पुष्टी गरे।
उनले भने, 'उहाँ मेयरको सम्भावित उम्मेद्वार हुनुहुन्छ। यसबारे पार्टी स्थायी समितिले चाँडै निर्णय गर्छ।'