नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले तोकिएको समयमा निर्वाचन हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरेका छन्।
नेपाली काँगेसको चुनावी सभालाई सम्बोधन गर्न बझाङ पुग्नुभएका पाण्डेले प्रेस युनियन जिल्ला शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यसैवर्षभित्र तीनवटै तहको निर्वाचन गर्नुपर्नेमा जोड दिए।
सबैलाई सहमतिमा ल्याएर निर्वाचन सफल गराउन सरकार लागि रहेको पाण्डेको भनाइ थियो । राजनीतिक स्थिरता, संविधानको सफल कार्यान्वयन, समृद्धि र विकासका लागि काँग्रेसलाई विजयी गराउनुपर्ने उनले बताए।
हरेक आन्दोलनमा लोकतन्त्रको रक्षाका लागि काँग्रेस लचिलो हुने गरेको केन्द्रीय सदस्य पाण्डेको भनाइ थियो । रासस