प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्ययाले गाउँमा आएको भोट मागेको भन्दै आपत्ति जनाएको छन्। ‘महामहिम राजदूतले गाउँमा गएर भोट माग्नुभन्दा सम्बन्ध सुर्धानु भए राम्रो हुन्थ्यो, कार्यकर्ता भएरै हिड्ने हो भने यतै बसे हुन्थ्यो बरू उम्मेद्वार भए राम्रो हुन्थ्यो,’ ओलीले भने,‘राज्यको सुविधा र पारिश्रमिक लिएर गरिमा नघट्ने व्यवहारमा रहनू वान्छनीय हुन्छ। त्यो हाम्रो सुझाव छ।’
दोस्रो चरणको चुनावको मौन समयको अवधिमा प्रेस चौतारीले एमाले पार्टी मुख्यालयमै एमाले अध्यक्ष ओलीको विशेष पत्रकार सम्मेलन गरेको थियो । कार्यक्रममा ओलीले निर्वाचन आयोगलाई निष्पक्ष भएर निर्वाचन गराउन सुझाव दिएका छन्। आयोगलाई पनि कसैलाई फेवर नगरोस भन्ने हाम्रो चाहना रहेको ओलीको आग्रह थियो।
सरकारले धेरै ठाउँमा एमालेको कार्यक्रममा बम राखिएको बारे चासो दिएको छैन भन्दै ओलीले भने,‘धेरै उत्ताउलो नभए हुन्छ काल आए छिचिमिराको पनि पखेटा पलाउँछ निष्पक्ष निर्वाचन गराउनुहोस्।’
संयम र धैर्यताको सीमा हुने भन्दै ओलीले अचाक्ली नगर्न चेतावनी दिए। पहिलो चरणको निर्वाचनका बेला दोलखा र बझाङमा भएको घटनाको स्मरण गर्दै ओलीले निर्वाचनको आयोगको भूमिका बाकस थाप्नु मात्र नभएको तर्क गरे।