दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार झापाको दमकमा मत हाल्न लाइन बसेका ९० वर्षीय देवेन्द्र भण्डारीको मृत्यु भएको छ। बिहान साढे ७ बजे दमक ९ को भगवती मावि मतदान केन्द्रबाट मतदान गर्न आएका भण्डारीको मृत्यु भएको सप्तकोशी एफएमका सम्पादक लीलाराज भट्टराईले जानकारी दिए
२०५४ सालको स्थानीय चुनावमा साविक दमक नगरपालिका १४ बाट वडा सदस्य निर्वाचितसमेत भएका भण्डारी लाइनमा बस्दाबस्दै ढलेका थिए। उनको घटनास्थलमै मृत्यु भएको हो। सोही मतदान केन्द्रमा मतदान गर्न अाएका अर्का एक वृद्ध पनि बेहोस भएका छन्।