निर्वाचन आयोगका अनुसार स्थानीय तहको दोस्रो चरण निर्वाचनअन्तर्गत प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान कार्य भइरहेको छ।
आयोगले ८३६४ मतदान केन्द्रमध्ये केही केन्द्रमा बर्षातका कारण मतदान कार्य शुरु हुन सकेको आयोगले जारी गरेको विज्ञप्तिमा जनाएको छ। तर, ती केन्द्रमा मतदानको तयारी भइरहेको र बाँकी सबै मतदान केन्द्रमा मतदान कार्य शुरु भइसकेको जानकारी आफूलाई प्राप्त भएको आयोगले जनाएको छ।
‘पूर्वी पहाडका केही स्थानमा पानी परिरहे पनि मतदाताहरू बडो उत्साहका साथ शान्तिपूर्वक मतदानका लागि पंक्तिबद्ध भइरहेको जानकारी आयोगलाई प्राप्त भएको छ,’ आयोगको विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय तहका मतदान केन्द्रहरूको व्यवस्थापन गरी स्थानीयस्तरमा नै त्रिपाललगायतका सामग्री र मतदान केन्द्रलाई व्यवस्थित गर्न राजनीतिक दल, स्थानीय नागरिक समाजलगायतबाट सहयोग प्राप्त भइरहेको भन्दै आयोगले धन्यवाद व्यक्त गरेको छ ।