इलाम नगरपालिका–७ स्थित आदर्श आधारभूत विद्यालयको मतदान केन्द्र नजिक बम विष्फोट भएको छ। स्थानीय तह मतदान भइरहेका बेला भएको विष्फोटबाट कुनै मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।
अहिले १० बजेर २० मिनेटमा यहाँ बम विष्फोट भएको उनले बताए। जिल्लाका अन्य सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। बम विष्फोट भएको ठाउँमा खाडल परेको छ । मतदानस्थलभन्दा करिब ३० मिटरमा रहेको चियाबारीबीचको सडकमा बम विष्फोट भएको हो . विष्फोटको आवाज आएको थियो।
विष्फोटको आवाजले केहीबेर मतदान कार्य प्रभावित भए पनि अहिले पुनः चालू भइसकेको छ।
नेपाली सेनाको टोलीले विष्फोटनस्थलको अवलोकन गरेपछि अहिले मतदान पुनः चालू भइसकेको छ।