रोल्पा नगरपालिका वडा नम्बर १० दबाङस्थित भनभने मावि मतदान केन्द्रमा अज्ञात व्यक्तिले मतपेटिकामा प्रज्वलनशील पदार्थ खसाल्दा एउटा मतपेटिका जलेको छ।
त्यहाँ एसिड खसालिएको थियो। प्रहरीले कसले यस्तो गर्यो भन्ने खुल्न नसकेको बताएको छ।
अहिले सो केन्द्रको मतदान स्थगित भएको छ। एसिडले चार वटा मतपत्र जलेको पाइएको र सो बुथको मतदान हाललाई स्थगित गरिएको डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।
एसिड हाल्ने व्यक्तिको पहिचान भएको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।