दाङ देउखुरीको गढवा गाउँपालिकामा एक नक्कली मतदाता पक्राउ परेका छन्। दाजुको नामबाट भोट हाल्न खोज्ने दिपेन्द्र आधारभुत विद्यालय पर्सेनी केन्द्रबाट राहत अलीलाई प्रहरीले पक्राउ गरेको हो।
राहत अली दाजु अहमद राज अलीको नाममा मतदान हाल्न गएका थिए। मतदाता नामावली रुजु गर्ने क्रममा शंका लागेर सोधपुछ गर्दा उनी नक्कली मतदाता भएको पत्ता लागेको प्रहरील जनाएको छ।
यसअघि मोरङको विराटनगर महानगरपालिका-३ स्थित कन्या क्याम्पसबाट भतिजको नामबाट भोट हाल्न खोज्ने एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
यस्तै धनकुटाको चौबिसे गाउँपालिका- ६ राजारानीको जनशिक्षा सदन आधारभुत बिद्यालय थाप्रुङ केन्द्रमा २ जना नक्कली मतदाता पक्राउ परेका छन् ।
अर्कैको नाममा मतदान गर्न खोज्ने क्रममा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको ५।
निर्वाचन कसुर सजाय ऐन २०७३ को दफा ७ को उपदफा ३ अनुसार अरुको नाममा मतदान गर्नेलाई मतदान अधिकृतले १ देखि २५ हजारसम्म जरीवाना गर्न पाउने प्रावधान छ।