दोस्रो चरणको निर्वाचनमा दिउँसो ३ बजेसम्ममा पहिलो चरणको भन्दा तीन प्रतिशत कम मतदान भएको छ। वैशाख ३१मा भएको पहिलो चरणको निर्वाचनमा दिउँसो ३ बजेसम्मा ६५ प्रतिशत मतदान भएकोमा आज ६२ प्रतिशत मतदान भएको छ।
पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६का २८३ स्थानीय तहमा मतदान भएको थियो। आज प्रदेश नम्बर १, ५ र ७का ३३४ स्थानीय तहमा मतदान भइरहेको छ। पहिलो चरणमा जम्मा ७३ प्रतिशत मतदान भएको थियो।