बुधबार सम्पन्न निर्वाचनमा अछाममा दुई महिलाले मतदानको लाइनमै बच्चा जन्माएका छन्। यद्यपी उनहरूले मतदान गरेका छन्। अछामको रामारोशन गाउँपालिका–४ को बाटुलासैनस्थित नन्दकाली आधारभुत विद्यालयको ‘क’ मतदान केन्द्रमा भोट हाल्न लाइनमा लागेका दुई महिलाले बच्चा जनाएका हुन्।
रामारोशनकी २५ वर्षकी मीना बोहरा र शुभा दासले बच्चा जन्माएका हुन्। दुबैले छोरा जन्माएका छन्। उनीहरुलाई व्यथा लागेपछि स्कुलकै छेउमा सुत्केरी गराएर एक घण्टापछि मतदान गरेर घर फर्किएका मतदान अधिकृत तपेन्द्र विकले जानकारी दिए।