अछाम जिल्लामा जारी मतगणना अनुसार २ तहमा कांग्रेस र एक एक तहमा एमाले माओवादी केन्द्र अगाडी देखिएका छन्। जिल्लाको कमलबजार नगरपालिका र ढकारी गाउपालिकामा नेपाली कांग्रेस अगाडी छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेको मंगलसेन नगरपालिकामा एमाले अगाडी रहेका छ। उता जिल्लाको रामारोशन गाउपालिकामा माओवादी केन्द्र अगाडी रहेको छ। जयगढ गाउपालिकामा भने कांग्रेस माओवादी केन्द्रको गठबन्धन नै अघि रहेको छ।
जिल्लाका मेल्लेख, तुर्माखाद र पञ्चदेवल विनायक नगरपालिकामा केही समयअघिमात्र मतगणना सुुरु भएको छ। चौरपाटी र साँफेबगर नगरपालिकामा राजनितिक दलको आपसि विवादका कारण मतगणना सुरु हुन सकेको छैन। मंगलसेन नगरपालिकामा वडा नम्बर १४ का ४०० मत गनी सक्दा मंगलसेन नगरपालिकाका एमाले मेयर पदका उम्मेद्वार पदम बहादुर बोहरा १९६, उपमेयर सरिता उपाध्याय १९४, काग्रेस र माओवादी केन्द्र गठबन्धनका मेयर पदका उम्मेद्वार कांग्रेसका चन्द्र प्रसाद ढुुगाना १५६, उपमेयर माओवादि केन्द्रका रोहीना भण्डारीको १८७ रहेको छ।
नेपाली काङगेस र माओवादी केन्द्रबिच तालमेल भएको गाउँपालिका बान्नीगढी जयगढ गाउपालीका प्रमुखमा नेपाली कांग्रेसका राजेन्द्र खडका १७०, नेकपा ऐमालेका कमलराज तिमिल्सैना९८, उपप्रमुखमा माओवादी केन्द्रका लोकेन्द्र सावद १३५, नेकपा ऐमालेकी निर्मला रावलको ११७ मत रहेको छ। कमलबजार नगरापलिका वडा नम्बर १ मुलिमा अहिले ६०० मत गणना गर्दा सम्म मेयरमा नेपाली काग्रेसको २०० उपमेयरमा २६४, एमालेको मेयरमा २००, उपमेयरमा १६६, माओवादि केन्द्रको मेयरमा ६७, उपमेयरमा ६८, राप्रपाको उप मेयरमा १३ र मजदुर किसान पार्टीको मेयर ३ मत मात्र रहेको छ।