दाङको तुलसीपुर उपमहानगरपालीका र घोराही उपमहानगपालीकामा नेकपा एमालेले अग्रता कायम गरेको छ। प्रारम्भदेखि नै वडा नम्वर १ र २ नम्वरको मत गणना गर्दा सम्म एमालेले अग्रता कायम गरेको हो । तुलसीपुरमा बेलुकी साढे ७ बजेको मतगणना अनुसार २११ मतले एमाले अगाडि छ ।
नेकपा एमालेको प्रमुखमा एमाले ९ सय ८४, कांग्रेसको ६ सय ९९ र माओवादी केन्द्रले १ सय १३ मत प्राप्त गरेका छन्। उप प्रपुखमा नेकपा एमालेमा ९ सय ८४,कांग्रेसले उपप्रमुखमा ७ सय ३८ र माअोवादी केन्द्रले १ सय २० मत प्राप्त गरेको छ।
वडा नम्बर १ र २ को वडा अध्यक्षमा एमालेले नै अग्रता लिएको छ।
वडा अध्यक्षमा वडा नम्वर १ मा एमाले ६ सय ३६,काग्रेस ४ सय ४२,माअोवादी केनन्द्र ४१ र राप्रपाले ४ मत प्राप्त गरेको छ।
यसैगरि वडा नम्वर २ मा एमाले १ सय ५१,कांग्रेस १ सय ३३,माओवादी ४५ र राप्रपाले २ मत प्राप्त गरेका छन्। कुल ५७ हजार ३८ मत खसेको तुलसीपुरमा मेयर र उपमेयर पदका लागि हालसम्म १५ सय २७ मत गणना गरिएको छ।
घोराही उपमहानगरपालिका एमालेको अग्रता कायम रहेको छ। १ र २ नम्बर वडाको १७२४ मत गनिसक्दा एमाले एक हजार ४३, नेपाली कांग्रेसको मेयर ४ सय ९७ र माओवादीको मेयरले एक सय २२ मत प्राप्त गरेका छन्। उपमेयरमा नेकपा एमाले एक हजार ७, नेपाली कांग्रेस ५ सय २८ र नेकपा माओवादीका उपमेयरले एक सय ३१ मत प्राप्त गरेका छन्।
लमही नगरपालिकामा नेपाली कांग्रेसले मेयर पदमा ६४,उपमेयरमा ६४,एमालेले मेयरमा ४४,उपमेयरमा ४४,नेकपा माओवादी मयेर २०,उपमयेरमा २० र राष्ट्रिय जनमोर्चाले मयेरमा १९ र उपमेयरमा १९ मत प्राप्त गरेका छन्।
विवादका कारण बबई गाँउपालिकाको मतगणना शुरु हुन सकेको छैन।ववई गाँउपालिकामा फर्जी १ मत खसेको भन्दै विवाद हुँदा हिजो बुधबार राति सम्म विवाद भएको थियो। तर सहमति नभए पछि बबई गाँउपालीको मतमा फर्जी खसेको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादीले मुख्य निर्वाचन कार्यालयमा मुद्धा दर्ता गर्न भएका छन्।
३ वटा वडा अध्यक्षमा नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेले १ /१ वटा स्थानमा जीत हासील गरेको छ। माओवादीले राजपुर गाँउपालीका वडा नम्वर १ मा माओवादीका बिष्णु बुढा भएका छन्। दंङीशरण गाँउपालीका वडा नम्वर १ मा एमालेका श्रीपद चौधरी बिजयी भएका छन्। यस्तै कांग्रेसले वङगलाचुली गाँउपालीका वडा नम्वर १ मा पदमबहादुर खत्री विजयी भएका छन्। राप्ती गाँउपालीका वडा नम्वर ९ मा अध्यक्ष पदमा नेकपा माओवादीका रीमबहादुर सुनारीले २ सय मत प्राप्त गरि विजयी भएका छन्।
यस्तै गढवा गाँउपालीकाको वडा नम्वर ८ कोईलाबासको अध्यक्ष पदमा पनि माओवादीका सद्दाम सिद्धिकीले १सय ७ मत प्राप्त गरि बिजयी भएका छन्।
राप्ती गाँउपालीका, शान्तिनगर गाँउपालीका, दंङगीशरण गाँउपालीका, गढवा गाँउपालीका, वङगलाचुली गाँउपालीका,राजपुर गाँउालीका र गढवा गाँउपालीका गएरातिदेखि मतगणाना भईरहेको छ ।
जिल्लामा ५ सय २० जनाका लागि २३८२ जनाले उम्मेदवारी दिएका छन् । दाङमा २ लाख ९१ हजार १ सय ९३ जना मतदाता मध्ये २ लाख १८ हजार ३ सय ३९ जनाले मतदान गरेका छन् ।