मोरङको रंगेली नगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच रोमान्चक भीडन्त भइरहेको छ ।
पछिल्लो मत गणनाको परिणाम अनुसार माओवादीले नेपाली कांग्रेसलाई १९९ मत अन्तरले पछि पारेको छ। माओवादी मेयर उम्मेद्वार दिलिप बगडियालले ५३३३ मत पाए भने कांग्रेसका मोदराज घिमिरेले ५१३४ मत पाएका छन् । यता एमालेका सन्तोषकुमार साहले २६३३ मत ल्याएका छन्।
त्यस्तै उप मेयरमा कांग्रेसकी राधादेवी मण्डलले ४४३७ मत, कांग्रेसलाई पछ्याउँदै माओवादी केन्द्रकी केशवकुमारी खरालले ४०९८ र एमालेकी उषा झाले ३६६५ मत ल्याएकी छिन्।