लकडाउनको समय बढाउन पर्ने अवस्था आइपरेमा सरकारले अलपत्र परेका यात्रुका जनजीवन सुरक्षित बनाउन र खाद्य सामग्रीको बढ्दो माग धान्न कस्ता नीति ल्याउनेछ? यो विपद सकिँदा, काठमाडौंको सवारीसाधान हवात्तै बढ्न नदिन कस्तो प्रबन्ध मिलाउनेछ?
महत्वपूर्ण प्रश्नः के हाम्रो सरकार यो विपदबाट उम्किन्न आफू तयार छ?
यस्ता प्रश्न हाम्रो मष्तिस्कमा आउनु सामान्य हो।
'के हामी यातायात योजनाको संकटमा उन्मुख हुँदैछौं?' यातायात योजनाकारको दिमागमा यो प्रश्न आउनु पनि सामान्य हो।
केही पुराना मुद्दालाई समाधान गर्न नपाउँदै, नयाँ चुनौती यातायात योजनाकारसमक्ष आएका यो संकटमा अनावश्यक परिणाम निर्मूल पार्ने सम्भावनाहरू बुझ्न जरुरी छ।
कोरोना भाइरसको प्रकोपसँगै यातायात 'इकोसिस्टम'मा न 'सार्वजनिक' न 'निजी', कसैको स्वामित्व हुँदैन भन्ने हामीले सिक्यौं। यसबाट यातायात प्रणाली कति गतिशील छ र यसमा अनुकूलनको आवश्यकता महशुस हामीले गरेका छौं। अब युग छ, यातायात गतिशीलताको योजनाको। यातायात गतिशीलताको गति अघि बढाउन चाहिन्छ- डिजिटलीकरण र कनेक्टिविटी।
व्यवसायिक मोडल परिवर्तन गर्न र नयाँ राजस्व र मूल्य-उत्पादन अवसर प्रदान गर्न डिजिटलीकरण आवश्यक हुन्छ। कनेक्टिविटीमा नेटवर्कहरूको निर्माण कार्य सामेल छ। संसारका धेरैजसो व्यापार, मानिस र कम्पनीसँग जोड्ने काम नेटवर्कहरू मार्फत गरिन्छ। कनेक्टिविटीको परिणाम ई-व्यवसाय, ई-वाणिज्य, ई-मार्केटिङ र ई-व्यापारमा देख्न सकिन्छ।
उदाहरण, अस्ट्रेलियामा सामान्यतया जंगली आगलागी, हावाहुरी र बाढी जस्ता प्राकृतिक प्रकोपका कारण सडक बन्द हुने गर्छ। अस्ट्रेलियाको भिक्टोरिया राज्यमा सक्रिय सूचना उपलब्ध गराउन र जनतामा पहुँच गर्न अनुमति दिन उपकरण र कार्यको एक श्रृंखला कार्यान्वयन गरिएको छ।
सडक बन्द हुने सूचनाका लागि २४ घण्टे टेलिफोन सेवाका मध्यमबाट सडक नेटवर्क समन्वय एजेन्सीमा पठाइन्छ। आपतकालीन अवस्थामा 'आपतकालीन घटना नियन्त्रण केन्द्र' ले सडक बन्द जानकारी संकलन र समन्वय गर्छ। जनतामा सूचना पहुँच गर्न जानकारीका विभिन्न प्लेटफर्महरूः वेबसाइट, मोबाइल फोन इत्यादी प्रयोग, आपतकालीन व्यवस्थापन प्रसारण घोषणाहरू, कर्मचारी प्रशिक्षण र नयाँ प्रक्रिया कार्यान्वयन गरिन्छ।
त्यसैगरी स्पेनमा यातायात अवरोध हुदा ११,००० किमी सडकमा २,१०० सांकेतिक सूचनाद्वारा सर्वसाधारणलाई जानकारी दिइन्छ। यातायात सम्बन्धी सम्पूर्ण तथ्यांक संग्रह, तथ्यांक उत्पन्न, तथ्यांकको विश्लेषण गरी स्वचालित रुपमा सबै निकाय र जनता सामु प्रसारण गर्न सक्ने प्रणाली नै 'इन्टेलिजेन्ट ट्रान्सपोटेशन सिस्टमस्- आइटिएस) हो।
आइटिएसले गति नियन्त्रण, नयाँ गति सीमा लागू र अपराधीलाई जरिवाना तिराउन सुनिश्चित गर्ने गति रिपोर्टको स्वत: उत्पादन गर्न योगदान पुर्याइरहेको छ।
नेपालमा पनि ट्राफिक अवरोध होस् या अहिलेको जस्तो ट्राफिक ठप्प, आइटिएस प्रयोग जुनसुकै परिस्थितिमा पनि गर्न सकिन्छ। धेरैजसो आजको मितिसम्म 'ट्राभल बिहेभिअर' लाई शुद्ध भौतिक पूर्वाधार र आपूर्ति मागलाई स्थिर विषय जस्तो लिइन्छ।
सामान्य 'ट्राभल बिहेभिअर' भनेको मानिसले कुन यातायात, कस्तो समयमा र कसरी यातायात प्रयोग गर्छन् भन्ने कुराको अध्ययन हो। यसमा केवल योजना प्रणाली बनाइन्छ, चलाइन्छ र केही समायोजन गरिन्छ।
यातायात क्षेत्रमा यी निम्नलिखित विषयहरूमा कदम चाल्नु नै यातायात बिपदको उपयुक्त उपाय मान्न सकिन्छः
१. 'सार्वजनिक' भर्सेस 'निजी' भन्दा माथि उठेर पिपिपी (पब्लिक प्राइभेट पार्टनरसिप)-
एउटा कारको आर्थिक, सामाजिक र पर्यावरण लागतलाई जनताको कोषबाट भरपाई गरेको समाचार कमै पढ्न पाइन्छ। त्यसैगरी, धेरै देशमा परागमनमा कर-दाताको पैसा उपयोग गरेर अनुदान दिइन्छ। संकटका बेला मात्र नभई जुन पनि घडीमा पिपिपीले सही मार्गदर्शन गर्छ।
निर्माण लागतमा उच्च पुँजी लाग्ने र क्षेत्र-विशेष नीतिहरू, कानून र नियमहरूले पनि सार्वजनिक-निजी साझेदारी(पिपिपी)को संरचनामा महत्वपूर्ण असर पर्छ। बलियो निकाय र फ्रेमवर्क बनाउन सकियो भने यो प्रक्रियामा जान जोखिम कम हुन्छ।
२. मालसामान र यात्रुको एकीकृत गतिशीलता-
हामीले यातायात र गतिशीलताको सूक्ष्म फरक बुझ्न जरुरी छ। जब हामी गतिशीलताको कुरा गर्छौं, हामीले यहा गतिशील हुनसक्ने क्षमता बुझ्नुपर्छ। जब हामी यातायातको कुरा गर्छौं, हामीले यहाँ प्रणाली बुझ्छौं जसको मद्दतले कुनै वस्तु वा साधन गतिशील हुन्छ। एकीकृत गतिशीलता भन्नाले यात्रा सेवाहरू एकजुट रूपमा जनतालाई पुर्याउन सहयोग गर्नु हो।
कोरोना संक्रमणमा विश्वका विभिन्न देशमा बस, विद्युतीय बाइक जस्ता साधनलाई खाद्यसामग्री ओसारपोसारमा देख्न सकिन्छ। हामीसँग भएको उत्तम उपाय यिनै हुन् जसमा मानिसको भेला सक्दो कम हुन्छ। मालसामान र यात्रुको एकीकृत गतिशीलताले प्रभावकारी प्रणाली स्थापना गर्छ।
३. चुस्त गतिशीलता-
दिगो गतिशीलताको विकल्प समय र परिस्थितिअनुसार उभरिँदै आउँछ। यसका विकल्प मागअनुसार मिल्दो हुनुपर्छ। अहिले महामारीको अवस्थामा इंगल्यान्डमा स्थापित अनलाईन फुड डेलिभरी कम्पनी 'डेलिभेरो' ले बेलायत, फ्रान्स, जर्मनी, बेल्जियम, आयरल्यान्ड, स्पेन, इटाली, अस्ट्रेलिया, सिंगापुर, संयुक्त अरब इमिरेट्स, कुवेत र हङकङका २०० सहरमा 'कनट्याक्ट-लेस' सेवा पुर्याइरहेको छ।
यसलाई चुस्त गतिशीलताको उदाहरणका रूपमा लिन सकिन्छ। हालसालै प्रदेश ५ ले ताजा खानेकुरा जस्तै दूध, माछामासु, तरकारी र फलफूल बिक्रीका लागि 'कृषि एम्बुलेन्स' को अवधारणा अघि ल्याएको सराहनीय छ। यसलाई पनि चुस्त गतिशीलताको उदाहरण मान्न सकिन्छ।
४. जोखिम व्यवस्थापन प्रक्रिया र आपतकालीन व्यवस्थापन योजना-
जोखिम व्यवस्थापन प्रक्रिया पुनरावृत्तिक छ। आपतकालीन ट्राफिक योजनाले दुवै गतिशीलता र सुरक्षा आवश्यक पर्दा सरोकारवालाबीच प्रभावकारी सञ्चार प्राप्त गर्न संसाधनहरूलाई अनुकूलन गर्ने सन्दर्भमा मूल्यवान भूमिका खेल्छ। आपतकालीन ट्राफिक योजनाका प्राथमिक उद्देश्यहरू: प्रयोगकर्ताहरूको छिटो निकास, द्रुत, सुरक्षित र प्रभावित क्षेत्रमा उद्धार सेवाहरूको प्रभावकारी पहुँच हुन्।
विकसित देशहरूमा सन् १९८० देखि डिजिटल प्रविधि सञ्चालन, अनुसन्धान र तालिम आदिलाई 'इन्टेलिजेन्ट ट्रान्सपोर्ट सिस्टमस्' नाम दिइयो। त्यो बेला अमेरिकामा त खासगरी बाटो र सवारीसाधनका लागि छुट्टै लगानी गरियो। यसअन्तर्गत सार्वजनिक स्वामित्वका यातायात प्रणालीहरू जस्तै, स्वचालित टोल कलेक्सन, ट्राफिक संकेत नियन्त्रणहरू, सडक मूल्य निर्धारण योजनाहरू, र 'एन्टी-कोलिजन' प्रविधि पर्छन्।
टोल कलेक्सन उदाहरणका रुपमा हामी महेन्द्र राजमार्गमा यात्रा गर्दा केही ठाउँहरूमा पैसा उठाएको देख्न सक्छौं। त्यो पैसा रोड्स् बोर्ड नेपालले सडक मर्मत र सुरक्षा कार्यमा खर्च गर्ने गर्छ।
'एन्टी-कोलिजन' प्रविधि एक बाहन सुरक्षा प्रणाली हो जसले कार र वस्तुहरू बीच टकराव रोक्छ। राख्न र उखाल्न सजिलो हुने सडक छेउका बालुवाले भरिएका सरसमान र गाडीमा दुर्घटनाबाट बच्न राखिएका एअरब्यागहरू 'एन्टी-कोलिजन' प्रविधिमा पर्छन्।
'इन्टेलिजेन्ट ट्रान्सपोटेशन सिस्टमस्' लाई यातायात योजनाको जोखिम व्यवस्थापन प्रक्रिया र आपतकालीन व्यवस्थापनमा प्रयोग गर्न सकिन्छ। प्रविधि सञ्चालनका रूपमा सुरक्षा सुधार गर्ने बाहेक, यस प्रक्रियामा दिगो, बाँच्नयोग्य र पहुँचयोग्य जस्ता विस्तृत यातायात योजना लक्ष्यलाई पूर्ण रुपले समेट्न सक्दैन।
त्यसैले अक्सर, एक सफल 'इन्टेलिजेन्ट ट्रान्सपोटेशन सिस्टमस्’ले योजनाकारहरूले सम्बोधन गर्न खोज्ने समस्याबाट सुझाव लिन्छ। भन्नुको अर्थ, उल्लेखित बिषयहरुमा योजनाकार र आइटिएस मिलेर गरेको काम उत्तम हुन्छन्।
यातायात एजेन्सीहरूले आफ्ना लगानी प्रदर्शनलाई अनुकूलन गर्ने उद्देश्यका साथ स्पष्ट उद्यम जोखिम प्रवन्धन रणनीति, विधि र उपकरणहरू विकास गर्न बाध्य हुन्छन्। किनकि त्यहाँ जहिले पनि जोखिम हुन्छन् जसले चाहिएको प्रदर्शन स्तरको उपलब्धिमा प्रभाव पार्न सक्छ।
यातायात र गतिशीलता व्यवस्थापन रणनीतिहरूले कम लागतमै सडकलाई सुरक्षित गर्छ। यी रूपान्तरणलाई मद्दत पुर्याउने 'इन्टेलिजेन्ट ट्रान्सपोर्ट सिस्टमस्' ले अतिरिक्त स्रोत बचत गर्न सक्छ र सडक सुरक्षा अगाडि बढाउँछ।
यसबाहेक, हाम्रो व्यतित पूर्वाधार प्रणालीमा अभ्यासबाट सन्दर्भको स्रोत प्रदान गर्न सकिन्छ। यसले 'इन्टेलिजेन्ट ट्रान्सपोर्ट सिस्टमस्' को जोखिम र आपतकालीन व्यवस्थापनमा प्रमुख भूमिका प्रदर्शन गर्न, ट्राफिक अधिकारीलाई समन्वय र प्रभावकारी कार्यका लागि सक्षम पार्न त्यस्ता परिस्थितिको समाधान गर्न मद्दत पुर्याउँछ।
'इन्टेलिजेन्ट ट्रान्सपोर्ट सिस्टमस्' योजनाकार र सरकारको सहकार्यले नेपालमा पनि ट्राफिक अवरोध होस् वा अहिले जस्तो ट्राफिक ठप्प परिस्थिति सहजै पार गर्न सकिन्छ।
फेरि पनि सोचौं, 'के हामी यातायात योजनाको संकटमा उन्मुख हुँदैछौं?'
(लेखक भट्ट इञ्जिनियर तथा सडक योजनाकार हुन्)