जनता समाजवादी पार्टीकी सांसद रेणुका गुरूङको घरमा 'बम प्रहार' भएको छ।
महाराजगञ्ज स्थित आफ्नो निवासमा सोमबार बेलुकी ८:२५ गते राति बम प्रहार भएको सांसद गुरूङले प्रतिनिधि सभा बैठकमा बताएकी हुन्।
'हिजो राति ८ :२५ देशदोह्रीले मेरो घर भित्र बम पड्काए। घरका सबै आतंकित भए। दुई जना लोग्ने मान्छे मोटरसाइकमा गएको देखेँ। अध्याँरो भएकाले चिन्न सकिनँ', गुरूङले बैठकमा भनिन्, 'महाराजगञ्जमा प्रहरीलाई फोन गरेपछि प्रहरी आयो। कम्पाउण्ड भित्र रकेट बमको खोल भेटियो। जुन प्रहरीले लिएर गयो।'
गुरूङले प्रतिनिधि सभा बैठकमा सुरक्षा समेत माग गरेकी छिन्।
'म संघीय सांसद र कार्यपालिकाको सदस्य भइसकेकाले म र मेरो घर परिवारको सुरक्षार्थ पूर्व राज्यमन्त्रीले अनिवार्य पाउनुपर्ने आजीवन पिएसो (व्यक्तिगत सुरक्षाकर्मी) का लागि म गृहमन्त्री र नेपाल सरकारसँग माग गर्दछु', गुरूङले भनिन्।
प्रहरीले भने सांसद गुरूङको घरमा पटका भेटिएको जनाएको छ।
प्रहरी वृत महाराजगञ्जका प्रहरी नायब उपरिक्षक प्रमेश बिष्टले भने बम नभई सांसदको घरमा पटका पड्किएको भेटिएको सेतोपाटीलाई बताए।
'बम भन्दा पनि त्यहाँ पटका रहेछ', बिष्टले भने, 'त्यो पनि एक्सिडेन्टली त्यहाँ पुगेको भनिएको छ। जानजानी होइन। एक्सिडेन्टली त्यहाँ गएको भन्ने छ।'