नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी बलियो बनाउन एकजुट हुनुपर्ने बताएका छन्।
उनले आगामी निर्वाचनमा पार्टीलाई पूर्ण बहुमत आउने बनाउनुपर्ने पनि बताए।
काठमाडौंमा शुक्रबार पूर्वकर्मचारी समाजको कार्यक्रममा बोल्दै देउवाले लोकतन्त्र प्राप्तिसहित हरेक आन्दोलनमा कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताए।
‘नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको महत्वपूर्ण भूमिका छ। सरकार परिवर्तन भइरहन्छन् तर कर्मचारीतन्त्र स्थायी हुन्छ,’ उनले भने, ‘मुलुक निर्माणमा कर्मचारीहरुको ठूलो भूमिका हुन्छ। जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर हुन्छ। सरकारको सफलता र असफलतामा पनि कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ।’
उनले आगामी निर्वाचनमा कांग्रेसलाई पूर्ण बहुमत आउने अभियानमा सहयोग गर्न पनि आग्रह गरेका थिए। साथै पार्टी बलियो बनाउने काममा एकजुट भएर लाग्न आवश्यक रहेको उनको भनाइ थियो।
(न्युज एजेन्सी नेपाल)