प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरूण सुवेदी नियुक्त भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकार बनाउने निर्णय गरेको हो।
सुवेदी विद्यार्थी कालमा नेपाल विद्यार्थी संघमा आवद्ध थिए। पछिल्लो समय उनी व्यवसायमा संलग्न थिए।
उनले पोखराको नयाँ पुलदेखि मुस्ताङको मुक्तिनाथसम्मको केवलकार परियोजना अघि बढाइरहेका छन्। यो परियोजना बनेपछि नेपालको सबैभन्दा लामो केवलकार हुनेछ।