सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को अध्यक्षमा लक्ष्मण केसी निर्वाचित भएका छन्।
केसीले १ हजार ६ सय १९ मत ल्याएका हुन्।
अध्यक्षका अर्का उम्मेदवार चेतनाथ पाण्डेले १ हजार ६२ मत ल्याए भने अर्का उम्मेदवार प्रमोद दवाडीले १ सय ८५ मत मात्रै ल्याएका छन्।
अध्यक्षमा निर्वाचित केसी नेपाली कांग्रेसका नेता शेखर कोइरालानिकट हुन्।
उपाध्यक्षमा उमेश धिताल, महासचिवमा थमनबहादुर खड्का, उपमहासचिवमा सुशील लामिछाने निर्वाचित भएका छन्। कोषाध्यक्षमा नवराज बस्नेत निर्वाचित भए।
सिडेको अधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट पाण्डे, कोइराला पक्षबाट केसी र महामन्त्री गगन थापा पक्षबाट दवाडी प्यानल नै बनाएर अधिवेशनमा होमिएका थिए।