नेपाली कांग्रेसले एक/दुई दिनभित्रमा भ्रातृ संस्था नेविसंघ, तरूण दल र महिला संघलाई पूर्णता दिने भएको छ।
महामन्त्री गगन थापाकाअनुसार मंगलबार वा बुधबारभित्र नेविसंघ लगायतलाई पूर्णता दिने तयारी भइरहेको छ।
‘भोलि वा पर्सीभित्र नेविसंघ र तरूण दललाई पूर्णता दिन्छौं,’ महामन्त्री थापाले भने।
कांग्रेसले लामो समयदेखि भ्रातृ संघसंस्थालाई पूर्णता दिन सकेको छैन। नेविसंघ र तरूण दलमा अध्यक्ष मात्रै छन्। कांग्रेसले पदाधिकारी नराखी भ्रातृ संस्थाहरूलाई पूर्णता दिने तयारी गरेको छ।