नेपाली कांग्रेससम्वद्ध विद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई शैक्षिक रूपान्तरणमा भूमिका खेल्न आग्रह गरेका छन्।
सोमबार नेविसंघका अध्यक्ष दुजाङ शेर्पा सहितको टोलीले सिंहदरबारमा प्रधानमन्त्रीसँग भेट गरी भ्रष्टाचारविरूद्धको कदमको प्रशंशा गर्दै शैक्षिक रूपान्तरणमा पनि त्यस्तै भूमिका खेल्न आग्रह गरेका हुन्।
प्रधानमन्त्रीसँगको भेटमा नेविसंघले त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्त गर्नुपर्ने, नास्टको उपकुलपति नियुक्ति लगायत विभिन्न नीतिगत सुधारको माग पनि राखेको छ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले त्रिवि सेवा आयोगको अध्यक्ष छिट्टै नियुक्त गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले शैक्षिक क्षेत्रको सुधार र विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने विषय नीति तथा कार्यक्रममा पनि समावेश भएको र आवश्यक बजेट व्यवस्था गर्ने आश्वासन समेत दिएको नेविसंघका एक नेताले जानकारी दिए।