लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दल नेता जोखबहादुर महरालाई नयाँ मुख्यमन्त्री बनाउनेसहित दलहरूबीच पाँच बुँदे सहमति भएको छ।
माओवादी, नेकपा (एमाले), जसपा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसद खड्ग बस्नेतले महरालाई मुख्यमन्त्री बनाउनेसहित सहमतिमा हस्ताक्षर गरेका हुन्।
लुम्बिनीमा अहिले नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री छन्। उनले बहुमत जुटाउन नसक्ने देखेपछि पदबाट राजीनामा दिने तयारी गरेका छन्।
संघीय सरकार बनाएको गठबन्धनका दलहरू नयाँ मुख्यमन्त्री महरालाई बनाउन सहमत भएका हुन्।
उनीहरूबीच प्रदेश सरकारबाट हुने राजनीतिक नियुक्तिमा सरकारमा सहभागी सबै राजनीतिक दलहरू अपनत्व हुने गरी गर्नेलगायत सहमति पनि गरेका छन्।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार बनाउन ४४ सांसदको समर्थन चाहिन्छ। एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले यो बीचमा पद गुमाइसकेको हुँदा अब भने ८६ सदस्य मात्रै छन्।
लुम्बिनीमा एमालेका २९, माओवादीका सभामुखसहित ११, जनता समाजवादीका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्रबाट १ सांसद छन्।
यी दलहरूको योगफल ४५ पुग्छ। नागरिक उन्मुक्ति र जनमतका ४ जना सांसद छन्।
त्यस्तै, लोकतान्त्रिक समाजवादीका ३ सांसद छन्। उनीहरूले पनि महरालाई समर्थन गर्ने बताइए पनि लिखित प्रतिबद्धता भने जनाइसकेका छैनन्। लुम्बिनीमा कांग्रेसका २७ सांसद छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ सांसद छन्। राप्रपाले यो सत्तासमीकरणमा सहभागिता नजनाउने निर्णय गरिसकेको छ। १ सांसद रहेको राष्ट्रिय जनमोर्चाले के गर्छ भन्ने खुलेको छैन।
यस्तो छ सहमति: