नेकपा एमाले ओखलढुंगाको अध्यक्षमा ज्ञानबहादुर (जिबी) खड्का विजयी भएका छन्।
दसौं जिल्ला अधिवेशनबाट निकटतम प्रतिस्पर्धी हर्कबोल राईलाई १३ मतले पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन्। खड्काले १४४ र राईले १३१ मत ल्याए। अध्यक्षका अर्का उम्मेदवार तारा कार्कीलाई ३ मत प्राप्त भएको छ।
उपाध्यक्षमा कमलप्रसाद न्यौपाने विजयी भएका छन्। झम्कहरी बडाललाई ९५ मतले पराजित गर्दै न्यौपाने विजयी भएका हुन्। न्यौपानेले १८२ र बडाले ८७ मत पाए।
सचिवमा अशोक थापा निर्वाचित हुँदा प्रतिस्पर्धी टंकलाल गिरी ३९ मतले पछि परे। थापाले १५२ र गिरीले ११३ मत ल्याए।
दुई उपसचिवमा राजिव कटवाल र अस्मिता थापा विजयी भए। कटवालले दामोदर धमला र थापाले रमिला मगरलाई पराजित गरेका हुन्। कटवालले १३८ र धमलाले १२९ मत पाए। महिला उपसचिवमा थापाले १७४ र मगरले ९८ मत पाए।
ज्ञानबहादुर खड्कालाई प्रदेश कमिटी सदस्य तथा पूर्वमन्त्री अम्बिरबाबु गुरूङ र निवर्तमान उपाध्यक्ष तथा संविधान सभा सदस्य रहेका हर्कबोल राईलाई केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य यज्ञराज सुनुवारको समर्थन थियो।
निर्वाचित अध्यक्ष खड्का प्यानलबाट उपाध्यक्ष, सचिव र एक उपसचिव कटवालले जिते।
राई प्यानलबाट पदाधिकारीमा एक उपसचिव थापा निर्वाचित भएकी हुन्।