नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सहकारी प्रकरण छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने बताएका छन्।
कांग्रेसले विगत एक महिनादेखि नै संसदीय छानबिन समिति गठनको माग गरे पनि सत्तापक्षले नमानेको उनको भनाइ छ।
संसदीय समिति बनाउन नमानेर सत्तापक्षले संसदीय अभ्यासमाथि नै प्रहार गरेको आरोप उनको छ।
नयाँ बानेश्वरमा शुक्रबार भएको कार्यक्रममा बोल्दै सिंहले भने, ‘सहकारी प्रकरणमा जबसम्म सरकार संसदीय छानबिन समिति बनाउँदैन, त्यस बेलासम्म कांग्रेस यो मागबाट पछि हट्दैन।’
उनले निष्पक्ष छानबिनका लागि संसदीय समिति आवश्यक रहेको बताए। लाखौं जनताले सहकारीमा गरेको बचत हिनामिना भएकोले छानबिन गरिनुपर्ने उनको भनाइ छ।
कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरिरहे पनि सत्तापक्षले सम्भव नभएको बताउँदै आएको छ।