इलाम २ मा नेकपा एमालेबाट उम्मेदवार रहेका सुहाङ नेम्वाङले उपनिर्वाचन जित्नेमा आफू विश्वस्त रहेको बताएका छन्।
इलामको महेन्द्र रत्न बहुमूखी क्याम्पस मतदान केन्द्रमा मतदानपछि सुहाङले चुनावी घरदैलो कार्यक्रममा मतदाताले देखाएको मायाले आफूले जित्नेमा विश्वस्त रहेको बताएका हुन्।
उपनिर्वाचनमा उत्साहसँग भावुक बनाएको पनि उनले बताए।
डेढ वर्षअघि मतदानका लागि आफू बुबासँगै आएको स्मरणले भावुक बनाएको नेम्बाङले बताए।
इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी छ ।
४२ वडा रहेको इलाम २ मा १ लाख १५ हजार ८७९ मतदाता छन्।
मतदान साँझ ५ बजेसम्म चल्नेछ। (न्युज एजेन्सी नेपालबाट)