बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१) को मतगणना जारी छ।
यहाँ एमालेका दमन भण्डारीले सुरूआतदेखि अग्रता कायम राखेका छन्।
निर्वाचन आयोगका अनुसार अहिलेसम्मको मतगणनामा एमालेका भण्डारीले ४४६४ मत पाएका छन्।
कांग्रेसका अभिषेक सिंह ४१०६ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्।
भण्डारी सिंहभन्दा ३५८ मतले अगाडि छन्। सिंहले मतान्तर घटाउँदै लगेका छन्।
माओवादीका जनक बहादुर बुढाले २२२५ मत पाएका छन्।
नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंहले १४७१ मत पाएका छन्।
२०७९ मा भएको निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार ११२ मत ल्याएर जितेका थिए। यहाँ एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए।त्यस बेला यहाँ तत्कालीन सत्ता गठबन्धनबाट कांग्रेसका सिंह साझा उम्मेदवार थिए।