प्रतिनिधि सभाबाट विनियोजन विधेयक अर्थात् बजेट पारित भएको छ।
अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभामा विनियोजन विधेयक २०८१ पारित गर्ने प्रस्ताव पेस गरेका थिए।
उक्त प्रस्ताव बहुमतले पारित भएको हो।
बजेटसँगै प्रस्तुत हुने अन्य आश्रित विधेयक अर्थ विधेयक तथा ऋण तथा जमानत सम्बन्धी विधेयक भने पारित हुन बाँकी छ।
बजेट पारित हुनुअघि संसदमा लगातार मन्त्रालयगत छलफल चलेको थियो।
छलफलमा उठेका प्रश्नमा मन्त्रीहरू र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जबाफ दिएका थिए।
यसअघि छलफलका क्रममा मन्त्री र प्रधानमन्त्रीका निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गरेको भन्दै सत्ता र प्रतिपक्षी सांसदहरूले बजेट पुनर्लेखन गर्न मागसमेत गरेका थिए।