नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनका लागि कोशी प्रदेशमा जिल्ला समन्वय समिति प्रमुख, गाउँपालिका अध्यक्ष र वडाध्यक्षका उम्मेदवार टुंगो लगाएको छ।
मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ताको कार्यक्रम छ।
कांग्रेसले जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा टेकराज भट्टराईलाई उम्मेदवार बनाउने भएको छ।
साथै मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदमा बलराम सरदारलाई उम्मेदवार बनाएको छ।
ताप्लेजुङको सिरिजंगा गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा भीमकुमार लक्सम्वा उम्मेदवार भएका छन् भने झापाको कन्काई नगरपालिका ६ को अध्यक्षमा रामगोपाल वली, तेह्रथुमको लालीगुराँस नगरपालिका ८ को अध्यक्षमा नगेन्द्र लिम्वू उम्मेदवार छन्।
सुनसरीको गढी गाउँपालिका ६ को अध्यक्षमा तेतर साह, ओखलढुंगाको मोलुङ गाउँपालिका ५ को अध्यक्षमा घनश्याम दाहाल, उदयपुरको त्रियुगा नगरपालिका १२ को अध्यक्षमा सन्जिव काफ्ले र उदयपुरकै बेलका नगरपालिका ९ को अध्यक्षमा नवराज बस्नेत उम्मेदवार रहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।