नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिवंगत केन्द्रीय सदस्य पदमबहादुर राईप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
केन्द्रीय सदस्य राईको ५८ वर्षको उमेरमा शनिबार साँझ साढे ६ बजे काठमाडौंको वीर अस्पतालमा निधन भएको थियो।
आइतबार बिहान उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रीय कार्यालय पेरिडाँडामा राखिएको थियो।
अध्यक्ष प्रचण्डले झण्डा ओढाएर श्रद्धाञ्जली दिए। राईलाई श्रद्धाञ्जली दिन पार्टीका अरू नेता कार्यकर्ताहरू पनि पेरिसडाँडा पुगेका थिए।
राई केही वर्षयता पार्किन्सन्स रोगका बिरामी थिए। उनी भोजपुर षडानन्द नगरपालिका-१५ का हुन्।
२०४६ सालमा अनेरास्ववियु छैटौंको सदस्यता लिएर राजनीति सुरू गरेका उनी २०६३ को अन्तरिम व्यवस्थापिका संसदको सदस्य तथा भौतिक योजना राज्यमन्त्री पनि भएका थिए।
२०६४ सालको संविधानसभा निर्वाचनमा भोजपुर जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित पनि भएका थिए।
तस्बिरहरूः