नेकपा (एकीकृत समाजवादी)ले सबै नेताहरुको जिम्मेवारी तोकेको छ।
मंसिर २६ गतेदेखि पुस २ गतेसम्म बसेको स्थायी कमिटीको बैठकले नेताहरुको सबै नेताहरुको जिम्मेवारी तोकेको हो।
अध्यक्ष माधवकुमार नेपालले गरेको परिपत्रमा प्रदेशको जिम्मवारीमा रहने सबै पोलिटब्युरो सदस्यहरूलाई सम्बन्धित प्रदेशको सहइन्चार्ज राखिएको उल्लेख छ।
प्रदेशस्तरमा किसान, मजदुर, महिला, युवा, विद्यार्थी, पेशागत बुद्धिजीवी र उद्योग व्यावसायी फाँटको कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीका सदस्यहरूलाई जिम्मेवारी दिइएको अध्यक्ष नेपालले बताएका छन्।
प्रदेश इञ्चार्जको संयोजनमा प्रदेशअन्तरगत जिम्मेवारीमा रहेका पोलिटब्युरो सदस्यहरूको परामर्शबाट उपरोक्त फाँटहरूको इञ्चार्जको जिम्मेवारी विभाजन गर्ने पनि अध्यक्ष नेपालले
प्रदेशका कतिपय फाँटहरूमा भने केन्द्रीय कमिटीका सदस्यहरूलाई जिम्मेवारी तोकिएको छ ।
पार्टीको जिम्मेवारी तोकिएका जनसङ्गठनका अध्यक्षहरूलाई सम्बन्धित जनसङ्गठनको जिम्मेवारी यथाशिघ्र छोड्न पनि अनुरोध गरिएको छ।
केन्द्रीय कमिटी सदस्यहरूले तोकिएको निर्वाचन क्षेत्रको जिम्मेवारी हेरफेर गर्नु पर्ने भएमा इञ्चार्जले सम्बन्धित कमरेडहरूसँग छलफल गरी निर्णय गर्न सक्नेछन्। तर त्यसको जानकारी तुरुन्तै केन्द्रीय कार्यालयमा गराउनपर्ने परिपत्रमा उल्लेख छ।
एउटा मात्र संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा एकभन्दा बढि सहइञ्चार्ज भएमा जिल्ला इञ्चार्जको संयोजनमा प्रदेश निर्वाचन क्षेत्रमा जिम्मेवारी तोकेर काम गर्न सक्ने पनि परिपत्रमार्फत जानकारी दिइएको छ।
बैठकका निर्णयहरूमा आधारित अन्तरपार्टी निर्देशन यथाशिघ्र जारी गरिने परिपत्रमा उल्लेख छ।
यस्तो छ कार्यविभाजनः