नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नीति निर्देशकमा जगदीशचन्द्र पोखरेल नियुक्त भएका छन्।
कांग्रेसमा उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान छ।
उपसभापति खड्काले बुधबार नीतितर्फ निर्देशकमा तनहुँका पोखरेललाई नियुक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
पोखरेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्।