अखिल क्रान्तिकारीको शनिबार भएको निर्वाचनको मतगणना जारी छ।
भूभोलका सात प्रदेशका मतगणना शनिबार बेलुकैदेखि सुरू भएको थियो। उपत्यका विशेष र विश्वविद्यालय विशेष प्रदेशको मतगणना भने सुरू भएको छैन।
सात प्रदेशको मतगणनाको प्रारम्भिक नतिजामा अध्यक्षमा विजयप्रकाश सापकोटाले अग्रता लिएका छन्। उनलाई टक्कर दिँदै हेमन्त राई दोस्रो स्थानमा छन्।
आइतबार बिहानसम्मको परिणाम अनुसार सापकोटाले ४५३ मत पाउँदा हेमन्तले ३९९ मत ल्याएका छन्।
अध्यक्षका अर्का उम्मेदवार सुदिन पौडेलले १४२ र उपदेश यादवले १६८ मत पाएका छन्।
सापकोटाले कोशी प्रदेशबाट ४९, मधेसबाट २०, बागमतीबाट ८७, गण्डकीबाट ६०, लुम्बिनीबाट ८५, कर्णालीबाट ८० र सुदूरपश्चिमबाट ७२ मत पाएका छन्।
हेमन्त राईले कोशीबाट ११६, मधेसबाट २०, बागमतीबाट १७, गण्डकीबाट ३९, लुम्बिनीबाट ६६, कर्णालीबाट ८२ र सुदूरपश्चिमबाट ७२ मत पाएका छन्।
सुदिन पौडेलले कोशीबाट १८, मधेसबाट शून्य, बागमतीबाट १७, गण्डकीबाट ६१, लुम्बिनीबाट २२, कर्णालीबाट ८ र सुदूरपश्चिमबाट १६ मत ल्याएका छन्।
उपदेश यादवले कोशीबाट ३५, मधेसबाट ३०, बागमतीबाट ५१, गण्डकीबाट १५, लुम्बिनीबाट १०, कर्णालीबाट ५ र सुदूरपश्चिमबाट २२ मत ल्याएका छन्।
शनिबार १ हजार ९१५ जनाले मतदान गरेका थिए।