नेपाल प्रहरीसम्बन्धी नयाँ विधेयकले पुलिस लिडरसिप एण्ड स्टाफ कोर्ष गर्नुपर्ने व्यवस्था गरेको छ।
मंगलबार संसदमा दर्ता भएको नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकले पहिलो पटक यो व्यवस्था गरेको हो।
प्रहरी निरीक्षक र सोभन्दा माथिका पदमा कार्यरत प्रहरी अधिकृतको नेतृत्व विकास गर्न नेपाल प्रहरी स्टाफ कलेज रहने भएको हो।
कलेजले २०७० चैत ९ गते वा सोभन्दा पछि खुला प्रतियोगिताबाट इन्स्पेक्टर नियुक्त भएका प्रहरी कर्मचारीले पुलिस लिडरसिप एण्ड स्टाफ कोर्ष सञ्चालन गर्ने भएको हो।
सो कार्ष नगर्नेहरू एसएसपीभन्दा माथिल्लो तहमा बढुवा नहुने प्रावधान छ।
प्रतिनिधि सभामा दर्ता भएको विधेयक पारित भई राष्ट्रिय सभामा पुग्नेछ। राष्ट्रिय सभामा पनि पारित भएपछि कानुनी हैसियत प्राप्त गर्नेछ।