उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमै अध्ययन गरी देश निर्माणमा लाग्न युवाहरूलाई आग्रह गरेका छन्।
नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस इकाइले बुधबार गरेको कार्यक्रममा बोल्दै उनले विगतमा शैक्षिक गुणस्तरको विषयलाई लिएर प्रश्न उठाइने गरेको भए पनि अहिले त्यो अवस्था नरहेको बताए।
‘शैक्षिक गुणस्तरको कुरालाई लिएर जुन प्रश्न गरिन्छ, त्यो खास गरेर म विद्यार्थी हुँदा हामीले सिमित विषय छान्न पाउने गर्दथ्यौँ तर अहिले त्यो अवस्था छैन। हामीले धेरै विषय छानेर अध्ययन गर्नसक्छौं,’ उनले भने, ‘अहिले विभिन्न विषयमा अध्ययन गर्न मिल्छ। अन्तर्राष्ट्रिय विश्वविद्यालयमा पढाइ हुने विषय अहिले नेपालमै बसेर पढ्न मिल्छ। नेपालमै बसेर अध्ययन गरेर समाज अघि बढाउन सकिन्छ, त्यसमै ध्यान दिनुपर्छ।’
उपप्रधानमन्त्री सिंहले क्याम्पसको पूर्वाधार विकास गर्नुपर्ने काममा सरकारले विशेष ध्यान दिने बताए।
(न्युज एजेन्सी नेपाल)