बर्दियामा चितुवाको आक्रमणमा परेर एक जना घाइते भएका छन्।
गुलरिया नगरपालिका ४ इन्देनी टोलका ६५ वर्षीय बिकुलाल थारू घाइते भएका हुन्।
बुधबार अपराह्न करिब साढे ५ बजेतिर आफ्नो बारीमा गहुँ काटिरहेको समयमा चितुवाले उनीमाथि आक्रमण गरेको थियो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरका अनुसार थारूको बाँया हात र दाँया कानमा चोट लागेको छ।
जिल्ला अस्पताल गुलरियामा उनको उपचार जारी छ। घाइतेको अवस्था सामान्य रहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।