राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार वैशाख ४ गते बिहान ११ बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान भएको हो।
‘समसामयिक राजनीतिक घटनाक्रम, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालगायत पक्राउबारे, आगामी आन्दोलनको विविध पक्षलगायत विषयमा छलफल गर्ने तयारी छ,’ प्रवक्ता श्रेष्ठले भने।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा संलग्न रहेको आरोपमा मिश्र र राणा प्रहरी नियन्त्रणमा छन्।
राप्रपाले राजसंस्था पुनर्स्थापना, संघीयता खारेजीलगायत विषयमा अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा आन्दोलन अघि बढाएको छ।
चैत २६ गते बल्खुमा प्रदर्शन र खबरदारी सभा गरेको राप्रपाले वैशाख ७ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने बताएको छ।