उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा तीव्रता दिनुपर्ने बताएका छन्।
बुधबार विराटनगर पुगेका उनले जहदा र कटहरी जाेड्ने लाेहन्द्र पुल उद्घाटन गर्दै पूर्वाधार निर्माणमा तीव्रता दिनुपर्ने बताएका हुन्।
यहाँ पक्की पुल बनेपछि स्थानीयहरूलाई आवतजावतमा सजिलो भएको छ।
‘मोरङको जहदा गाउँपालिका र कटहरी गाउँपालिका जोड्ने लोहन्द्रा पुलको आज उद्घाटन भयो। यो पुलको निर्माणसँगै यहाँका नागरिकहरूको दैनिकीमा सहजता थपिने र यहाँको आर्थिक गतिविधि बढ्ने विश्वास लिएको छु’, उनले भने।