प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सत्तापक्षको गल्ती र कमजोरी औंल्याउनु नै प्रतिपक्षको काम रहेको बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सापकोटाले सत्तामा बसेर गलत काम गर्ने र प्रतिपक्षले त्यसको खबरदारी गर्दा भ्रम छर्यो वा आरोप लगायो भन्दैमा सत्य नहुने बताएका हुन्।
उनले सत्तामा बसेकाहरू सुधार्न प्रतिपक्षीले बल गर्ने तर पनि सुध्रिने मतितिर नगए प्रतिवाद मात्र नभई जनताबाट हिसाबकिताब खोजिने बताए।
'रूपान्तरित हुनु भएन भने जनताका तागतमा सडकमा लछारेर तपाईंहरलाई पछार्ने हो,' उनले भने, 'जनताले ती सबै कुराको हिसाब किताब गर्ने हो।'
उनले सत्तपक्ष बदलिने, देश जनताप्रति इमान्दार हुने, जिम्मेवारीबोध गर्ने लक्षण नदेखिएको बताए।
'यसरी नै नजरअन्दाज गरेर अरूलाई जथाभावी भनेर कानुन हाताम लिएर अगाडि जानुभयो भने जनताको अदालतले ठेगान लगाउँछन्,' उनले भने।