प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले सरकार अहिल्यै ढल्न नहुने बताएका छन्।
आइतबार प्रतनिधि सभा बैठकमा बोल्दै सांसद झाले सरकार र गठबन्धन अझै लामो समयसम्म गइरहोस् भन्ने प्रतिपक्षी दलको चाहना रहेको बताएका हुन्।
'हामी शुभकामना दिन्छौं,' उनले भने, ' सरकारले आफ्नो उपलब्धीहरूको चर्चा धेरै गरोस् आफ्नो आयुको भन्दा भन्ने अर्को चुनौती पनि दिन चाहन्छु।'
सरकार बनेको अवधीमा यस्ता काम भए भनेर परिणाम सुनाउँदा अझै राम्रो हुने झाले बताए।
'सबै देशले अमेरिकासँग व्यापारको बारेमा, चीनसँगको निकासी पैठारीको बारेमा वा पाकिस्तान र भारतबीच सम्भावित युद्धको चर्चा छ त्यसले पार्न सक्ने प्रभावका बारेमा, मलेसिया र कम्बोडियामा भइरहेको प्रोडक्सनको बारेमा, चाइनाले फर्काइदिएको अमेरिकन बोइङ कुन देशले किन्ने भन्ने बारेमा चर्चा भइराखेको छ,' उनले भने, 'तर हाम्रा उद्योगमन्त्रीहरू चुरोट र रक्सीको लाइसेन्स कतिमा बेच्ने भनेर चर्चा गरिराख्नुभएको छ। फेरि पनि म यो सरकारलाई शुभकामना दिन चाहन्छु, चलिरहोस्।'