नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरु नगण्य रहेको बताएका छन्।
शनिबार नेपाली काँग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले पार्टीमा रेग्मीजस्ता व्यक्तिहरु धेरै कम रहेको बताएका हुन्।
'धेरै कम नेपाली काँग्रेसीहरु यस्ता छन्। सच्चा मानेमा नेपाली काँग्रेसको हृदयबाटै समर्पित भएर काँग्रेस बढाउन र बनाउन लागेका छन्। उहाँलाई पछि भेट्न पाइन मलाई दुःख लागिरहेको छ। उहाँ अत्यन्तै समर्पित साथी हो। त्यस्ता साथीहरु हाम्रो पार्टीमा नगण्य छन् भनेपनि हुन्छ,' सभापति देउवाले भने।-न्युज एजेन्सी नेपाल