नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारको लागि भन्दै आम नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता भएको बताएका छन्।
शनिबार नेपाली काँग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले समाज विकासका लागि महत्वपूर्ण प्रभाव खेल्नसक्ने व्यक्तिहरुमाथि गोली प्रहार भएको बताएका हुन्।
'माओवादीको हिंसाको चरम कायरताको चिन्ह थियो त्यसबेला,' उनले भने।
यस्ता प्रकृतिका घटनाहरुबारे अहिले चर्चा गर्दा माओवादीका नेताहरुले पनि गल्ती गरेको महसुस गर्ने सिटौलाले बताए।
'कतिपय ठाउँमा गल्ती भएको छ भन्छन् । कति हृदयदेखि भन्छन् । कति हाम्रो सामुन्ने कुरा गर्दछन्,' उनले भने।
त्यसकारण जनताको अधिकारका लागि पञ्चायत कालदेखि नै संगठित भएर लाग्ने पार्टी कांग्रेस नै रहेको उनको भनाइ छ।