रक्षामन्त्री मानवीर राईले संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिने बताएका छन्।
सोमबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्द मन्त्री राईले यस्तो बताएका हुन्।
गैह्रआवासीय नेपाली र ब्रिटिस गोरखामा भर्ती भएकाहरूको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए।
संविधानका कतिपय जटिलताहरू संशोधन गर्दै जानुपर्ने विषय भएको पनि बताए।
उनले नेपालको संविधान अपरिवर्तनीय नभनिएको बताउँदै संविधान अकाट्य वस्तु नरहेको जिकिर गरे।
मन्त्री राईले भने, ‘समस्या समाधान गर्दै जाऔँ। संविधानका कतिपय जटिलताहरू संशोधन गर्दै जानुपर्ने विषय पनि होला। ती कुराहरू पनि भोलि नगरी नहुने कुनै परिस्थितिमा छ भने हाम्रो नेपालको संविधान त अपरिवर्तनीय त भनिएको छैन। हामीले भनेका छैनौँ। संविधान अकाट्य भनेर भनेका छैनौँ। समय र परिस्थितिअनुसार संशोधन गर्न सकिनेछ। केही सीमाना हामीले गुमाउनु परे पनि हामी जे होस्, स्वतन्त्र दिवस मनाउनु नपर्ने हाम्रो देश यसलाई गौरव मानौँ। हाम्रो इतिहास र वीरताको कहानी छ।’
मन्त्री राईले नेपालले केही सिमानाहरू गुमाउनु परेको भए पनि नेपाल स्वतन्त्र देश रहेको बताए।
उनले नेपालको इतिहास र वीरतालाई गौरव मानेर अघि बढ्नुपर्ने बताए। —न्युज एजेन्सी नेपाल