प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।
सोमबार अपराह्न केहीबेर बसेको बैठक प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसदहरूको अवरोधपछि आधा घन्टाका लागि स्थगित भएको थियो।
सभामुख देवराज घिमिरेले नेताहरूबीच समझदारीको पहल भइरहेकोले आधा घन्टाका लागि बैठक स्थगित गरेका थिए। तर उक्त समयमा बैठक बस्न सकेन।
संघीय संसद सचिवालयले सूचना टाँसेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको हो।
भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको अडान राख्दै आएका छन्।
सत्तारूढ कांग्रेस र एमाले भने गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने र अख्तियारले छानबिन गरिरहेको विषयमा अर्को समिति आवश्यक नरहेको बताउँदै आएका छन्।
दलहरूबीच समझदारी नबन्दा प्रतिनिधि सभा बैठक निरन्तर अवरोध हुँदै आएको छ।
यो पनि: सहमतिका लागि रास्वपाले कांग्रेसलाई पठायो प्रस्ताव